भारतीय सेनासँग नेपाली सेनाको संयुक्त सैन्य अभ्यास सोमवारदेखि भारतको पिथौरागढमा शुरू भएको छ ।
हरेक वर्ष सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास कोभिडका कारण दुई वर्षदेखि हुन सकेको थिएन ।
‘सूर्यकिरण एक्स भी’ नामकरण गरिएको सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू भएको हो ।
नेपाल–भारत संयुक्त सैन्य अभ्यासको यो १५औं संस्करण हो ।
सैन्य अभ्यासमा नेपालका तर्फबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना सहभागी रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले लोकान्तरलाई जानकारी दिए ।
भारत...