अक्सिजन कन्सन्ट्रेटरमा भन्सार छुट दिने भारतको निर्णय

एजेन्सी। भारत सरकारले व्यक्तिगत प्रयोगका लागि विदेशबाट ल्याइने अक्सिजन कन्सन्ट्रेटरको आयातमा भन्सार छुट दिने निर्णय गरेको छ। कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा अक्सिजनको अभाव घटाउन भारत सरकारले यस्तो निर्णय गरेको हो। जसअनुसार अब भारतीय नागरिकले विना भन्सार अक्सिजन कन्सन्ट्रेटर ई-कमर्श र कुरियरमार्फत समेत मगाउन सक्छन्।

सम्बन्धित सामग्री

भारतद्वारा भन्सार छुट योजना अवधि थप

भारत सरकारले निर्यातित उत्पादनहरूमा शुल्क र कर छुट दिने योजनाअन्तर्गत विद्यमान निर्यात वस्तुहरुमा दिँदै आएको छुटको समयावधि अर्को वर्षको जुन ३० सम्मका लागि थप गरेको छ।वाणिज्य तथा उद्योग मन्त्रालयले उत्पादित वस्तुहरुको भन्सार छुट अर्को वर्षको जुन महिनाको ३० तारिखसम्मका लागि थपेको जनाएको हो। यसले निर्यात कर्ताहरुलाई अन्तर्राष्ट्रिय वातावरणमा पुग्न मद्दत गर्ने बताइएको छ।विश्व व्यापार संगठन (डब्ल्युटिओ) सँग मेल खाने यो योजना भारतले भन्सार छुट योजनाका रुपमा ल्याएको थियो।

प्रधानमन्त्री निकट व्यापारी पोस्ने गरी ग्याँस सिलिण्डरको भन्सारमा बम्पर छुट

५ असार, काठमाडौं । सरकारले प्रधानमन्त्री निकट दुई व्यापारीलाई फाइदा पुग्ने गरी खाना पकाउने ग्याँसको कम्पोजिट सिलिण्डरमा भारी भन्सार छुट दिएको छ । सरकारले हालै ल्याएको बजेटमार्फत् प्रधानमन्त्रीका भान्जा गोकुल भण्डारीको ‘नेपाल ग्याँस’ र नेकपा समाजवादीका नेता किसान श्रेष्ठको ‘वान ग्याँस’ कम्पनीले मात्र प्रयोग गरिरहेको खाना पकाउने ग्याँसको कम्पोजिट सिलिण्डरमा ८३ प्रतिशत भन्सार छुट दिने […]

आयातमा भन्सार छुट, ६ अर्ब लगानीको सेनेटरी प्याड उद्योग संकटमा

काठमाडौँ-  सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सेनेटरी प्याडको आयातमा ९० प्रतिशत छुट दिने घोषणा गरेसँगै देशभित्र ६ अर्ब रुपैयाँ लगानी रहेका सेनेटरी प्याड उद्योगहरू संकटमा पर्ने भएका छन् । सरकारले बजेटमा स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट र कच्चा पदार्थ आयात गर्दा १ प्रतिशतमात्र भन्सार लिने घोषणा गरेको छ ...

स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट

काठमाडौं – सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमै स्यानिटरी प्याडको आयातमा छुट दिएको जानकारी दिए । तर स्वदेशी कम्पनीले गर्ने कच्चा पदार्थ आयातमा हकमा भने १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नेछ ।

नेपाल–चीनबीच नौ बुँदे समझदारी !

काठमाण्डाै – चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ बुँदे समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाल चीन अन्तर देशीय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत् प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययन लगायत रहेका छन् ।

खर्बौं रकमको सेटिङमा सरकारले करको दायरा हेरफेर गर्यो :ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको चलखेल गरेको बताएका हुन्।

देउवा सरकारले खर्बौं रुपैयाँ चलखेल गरेर करका दरहरु हेरफेर गरेको ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको चलखेल गरेको बताएका हुन् । आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख

सेटिङमा खरबौंको खेलः ओली

काठमाडौं, २ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सेटिङमा खरबौंको खेल गरेको आरोप लगाएका छन् । उनले आज पार्टी निकट कर्मचारी संगठनको भेलामा भन्सार छुट दिने या नदिने व्यवस्था गरेर खरबौंको खेल खेलेको आरोप लगाएका हुन् । ‘सोझैं सेटिङमा अरबौंको मात्र होइन खरबौंको खेल भएको छ,’ ओलीले भने, ‘भन्सार कस्लाई छुट दिने […]

अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिइने

काठमाडौं। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले सोमबार अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिन माग गरेका थिए। त्यस्तै बजेट तर्जुमा गर्न सुझाव पेश गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष चेम्बरले सिलिन्डरको आयातमा भन्सार महसुल छुट दिन आग्रह गरेको थियो। हाल नेपालमा अक्सिजन सिलिन्डरको माग बढिरहेको छ।