काठमाण्डाै – चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ बुँदे समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाल चीन अन्तर देशीय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत् प्रशारण लाइन निर्माणको सम्भाव्यता अध्ययन लगायत रहेका छन् ।