अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिइने

काठमाडौं। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले सोमबार अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिन माग गरेका थिए। त्यस्तै बजेट तर्जुमा गर्न सुझाव पेश गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष चेम्बरले सिलिन्डरको आयातमा भन्सार महसुल छुट दिन आग्रह गरेको थियो। हाल नेपालमा अक्सिजन सिलिन्डरको माग बढिरहेको छ।

सम्बन्धित सामग्री

ज्ञानेन्द्र शाहीले गरे सरकारको प्रशंसा

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले कोभिड विरुद्धको स्वास्थ्य सामाग्री अन्तर्राष्ट्रिय स्तरबाट मगाउन र भन्सार छुट गराउन पहल कदमी थालेको भन्दै सरकारको भूमिकाको प्रशंसा छन् । मंगलवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्लाका २०  वटा स्वास्थ्य संस्थालाई  ‘बोधिसत्वा विहार’ काठमाडौंले  प्रदान गरेको  अक्सिजन कन्सनटेटर लगायतका स्वास्थ्य सामग्री र औषधीहरु वितरण गर्दै शाहीले सरकारलाई धन्यवाद दिएका हुन् ।उनले भने– ‘नेपालमा नपाइने स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय स्तर

अक्सिजन कन्सन्ट्रेटरमा भन्सार छुट दिने भारतको निर्णय

एजेन्सी। भारत सरकारले व्यक्तिगत प्रयोगका लागि विदेशबाट ल्याइने अक्सिजन कन्सन्ट्रेटरको आयातमा भन्सार छुट दिने निर्णय गरेको छ। कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा अक्सिजनको अभाव घटाउन भारत सरकारले यस्तो निर्णय गरेको हो। जसअनुसार अब भारतीय नागरिकले विना भन्सार अक्सिजन कन्सन्ट्रेटर ई-कमर्श र कुरियरमार्फत समेत मगाउन सक्छन्।

भन्सार छुट पाएपनि व्यवसायीले सिलिन्डर नल्याउने

काठमाडौं। नेपाल अक्सिजन उत्पादक संघले भन्सार छुट पाएपनि अक्सिजनको सिलिन्डर आयात नगर्ने बताएको छ। संघका अध्यक्ष गौरव शारडाले महामारीपछि प्रयोगमा नआउने गरी सिलिन्डर नकिन्ने बताएका हुन्। उनले सामान्य अवस्थामा सरकारले आफुहरुलाई वेवास्ता गरेको र अक्सिजन सिलिन्डरको मापदण्ड पनि नतोकेको जानकारी दिए। जसकारण, अक्सिजन प्लान्टका ५० प्रतिशत सिलिन्डर यतिबेला उद्योगसँग नरहेको संघले बताएको छ।