काठमाडौंः यस वर्षको तिहारमा मिठाई पसलहरुमा खासै व्यापार हुन सकेन।
पूजाआजाका साथै उपहार दिनका लागि मिठाई प्रयोग हुने गर्छ। तिहारमा ४ दिनसम्म मिठाईको कारोबार अन्य समयभन्दा धेरै हुने गर्छ। त्यसैलाई मध्यनजर गर्दै यसपटक पनि व्यवसायीहरुले तयारी गरेका थिए।
यो अवसरमा शुभकामना आदानप्रदानका लागि मिठाई पसलहरुमा कर्पोरेट क्षेत्रबाट अर्डर धेरै आउने गर्छ। लक्ष्मीपूजाको दिनदेखि पसलहरुमा…