कुमारी बैंक र दाङको लमहीस्थित होटेल ए–१ लभली स्टारबीच एक सम्झौता भएको छ । जसअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान हुनेछ । बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५% र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।