चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले ११ खर्ब ४७ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघसम्मको अवधिमा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड बराबरको सामान आयात गरेको हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ४२.७८ प्रतिशतले बढेको हो। अधिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले ८ खर्ब ३ अर्ब बराबरको सामान आयात गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा नेपालले १ खर्ब ३१ अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ८८.३० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले ६९ अर्ब ९१ करोड बराबरको सामान निर्यात गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको ब्यापार घाटा १० खर्ब १५ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ३८.४५ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको ब्यापार घाटा ७ खर्ब ३३ अर्ब मात्रै थियो। ६ महिनाको अवधिमा नेपालले डिजेल मात्र ७२ अर्ब ९६ करोडको आयात गरेको छ । त्यस्तै ३४ अर्ब ६९ करोडको एलपीजी ग्यास, तथा ३३ अर्ब ५६ करोडको पेट्रोल आयात गरेको छ । यस अवधिमा नेपालले ३६ अर्ब ८५ करोडको सोयाबिन तेल निर्यात गरेको छ । नेपाल राष्ट्र बैंकले आयातलाई निरुत्साहित गर्न दर्जनौ बढी वस्तु आयात गर्दा अनिवार्य शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको थियो । तर राष्ट्र बैंकको कडाईले पनि उलेख्य रुपमा आयात भने नघटेको देखिएको छ ।