कठुआ बलात्कार घटनाः तीन जनालाई जन्मकैद

श्रीनगर । भारत प्रशासित कश्मिरमा एक ८ वर्षीया नाबालिकाको बलात्कारपछि यातना दिएर हत्या गरेको घटनामा तीन जनालाई आजीवन काराबासको सजाय...

सम्बन्धित सामग्री

आठ वर्षीय बहिनी बलात्कार गर्ने १४ वर्षीय दाइलाई जन्मकैद

आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत तनहुँले दाइलाई जन्मकैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले ८ वर्षीय बहिनी बलात्कार गर्ने १४ वर्षीय दाइलाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमका अनुसार तनहुँको भानु नगरपालिकाका ८ वर्षीय सहोदर बैनीलाई जबरजस्ती करणी गरेकाले जन्मकैदको फैलला भएको र अभियुक्त बालक …

एउटै व्यक्तिले दुईवटा जन्मकैद सजाय भोग्नुनपर्ने

काठमाडौं, साउन ७ । सर्वोच्च अदालतले जतिसुकै क्रूर अपराधी भए पनि दुईवटा अदालतबाट फरक–फरक जन्मकैद ठहर भएमा दोहोरो सजाय भोग्नुनपर्ने फैसला गरेको छ। न्यायाधीशहरू प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि व्याख्या गर्दै जन्मकैद भोगिरहेको बहुव्यवहार कसुरदारलाई एकैसाथ दुईवटा जन्मकैदको सजाय गर्न नमिल्ने ठहर गरेको हो। २०७९ चैत ८ मा […]

दैलेखमा श्रीमती हत्याका कसुरदारलाई जन्मकैद फैसला

दैलेख – श्रीमती हत्याका कसुरदारलाई दैलेख जिल्ला अदालतले आज आइतवार श्रीमानलाई जन्मकैद फैसला गरेको छ । गुराँस गाउँपालिका–१ खड्कवाडाका २४ वर्षीय प्रेमबहादुर विकलाई जन्मकैद फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।   घरायसी सम्बन्ध बिग्रिएपछि डुंगेश्वर गाउँपालिका–६ लटालीमा माइतीमा बस्दै आएकी २१ वर्षीया सुनिता विक गोठाला गएको बेला २०७७ कात्तिक १७ गते दिउँसो बाँधे भन्ने जङ्गलमा श्रीमान् प्रेमबहादुरले हत्या गरेको आराेपमा मुद्दा चलेको थियो । भैँसी लिएर गा...

हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा

काठमाडाैँ । हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा भएका छन् । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषी ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी जन्मकैद सजाय पाएका उनी ९ वर्षमै रिहा भएका हुन् । जन्मकैद अर्थात २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै […]

जन्मकैद सजाय भएका व्यक्ति ६ वर्षपछि पक्राउ

काठमाडौं : जन्मकैद सजाय तोकिएका व्यक्ति करिब ६ वर्षपछि पक्राउ परेका छन्।कर्तव्य ज्यान मुद्दामा २० वर्ष जन्मकैद तोकिएका बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका ६ का जयलाल ठाकुर लोहार पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय बाराको टोलीले लोहारलाई कलैया उपमहानगरपालिका ४ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी सजाय भुक्तानका लागि जिल्ला अदालत वीरगंजमा पठाइएको बाराका डिएसपी राजेश थापाले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार सर्वोच्च अदालतले २०७३ कार्तिक २९ गते जयलाललाई जन्मकैदको फैसला सुनाएको थियो।

हत्याको कसुरमा दैलेखमा २ जनालाई जन्मकैद

दैलेख – दैलेखकाे नौमूले गाउँपालिका–१ तोलीराइलीका ३९ वर्षीय भूपेन्द्रबहादुर शाहीको हत्या गरेको कसुरमा तोलीराइली गाउँका ३८ वर्षीय बलबहादुर सिंह र २६ वर्षीय प्रेमबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ । मंगलवार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट दुवै जनालाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने फैसला भएको अदालतका सूचना अधिकारी नायब सुब्बा टिकाराम न्यौपानेले जानकारी दिनुभयो । हत्या घटनामा संलग्न तेश्रो व्यक्ति कालिकोटको महाबै गाउँपालिका–४ डिल्लीकोट घर भइ हाल तोलीराइली...

जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्।

२०४३ सालमा जन्मकैद पाएका अभियुक्त बल्ल पक्राउ

जनकपुरधाम : हत्या मुद्दामा सर्वोच्च अदालतद्वारा जन्मकैद पाएका प्रतिवादीलाई धनुषा प्रहरीले ३४ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका वडा नंं २ का ७० वर्षीय विकरु यादव हुन्। उनलाई सर्वोच्चले २०४३ चैत २७ जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो।तर हालसम्म फरार रहेका यादवलाई गत बुधबार दिउँसो औरही गाउँपालिका १ पौडेश्वरस्थित खेतमा काम गरिरहेको बेला पक्राउ गरेर आज बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनि

जन्मकैद सजाय तोकिएको साढे ३ दशकपछि पक्राउ

अदालतबाट जन्मकैद सजाय पाएका एक अभियुक्त साढे ३ दशकपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका सबैला नगरपालिका ४ का अन्दाजी ६० वर्षीय बिकरु यादवलाई ३५ वर्षपछि प्रदेश प्रहरीले पक्राउ गरेको हो ।उनीमाथि २०३८ सालमा आफ्नै गाउँका सुकना यादवको हत्याको आरोपमा सजाय तोकिएको थियो । बुधवार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको टोलीले विकरुलाई खेतमा काम गरिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको थिए छ । धनुषा प्रहरीले उनलाई अदा

छोरी हत्या आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ साल माघ १४