जन्मकैद सजाय भएका व्यक्ति ६ वर्षपछि पक्राउ

काठमाडौं : जन्मकैद सजाय तोकिएका व्यक्ति करिब ६ वर्षपछि पक्राउ परेका छन्।कर्तव्य ज्यान मुद्दामा २० वर्ष जन्मकैद तोकिएका बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका ६ का जयलाल ठाकुर लोहार पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय बाराको टोलीले लोहारलाई कलैया उपमहानगरपालिका ४ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी सजाय भुक्तानका लागि जिल्ला अदालत वीरगंजमा पठाइएको बाराका डिएसपी राजेश थापाले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार सर्वोच्च अदालतले २०७३ कार्तिक २९ गते जयलाललाई जन्मकैदको फैसला सुनाएको थियो।