हत्याको कसुरमा दैलेखमा २ जनालाई जन्मकैद

दैलेख – दैलेखकाे नौमूले गाउँपालिका–१ तोलीराइलीका ३९ वर्षीय भूपेन्द्रबहादुर शाहीको हत्या गरेको कसुरमा तोलीराइली गाउँका ३८ वर्षीय बलबहादुर सिंह र २६ वर्षीय प्रेमबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ । मंगलवार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट दुवै जनालाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने फैसला भएको अदालतका सूचना अधिकारी नायब सुब्बा टिकाराम न्यौपानेले जानकारी दिनुभयो । हत्या घटनामा संलग्न तेश्रो व्यक्ति कालिकोटको महाबै गाउँपालिका–४ डिल्लीकोट घर भइ हाल तोलीराइली...

सम्बन्धित सामग्री

दैलेखमा श्रीमती हत्याका कसुरदारलाई जन्मकैद फैसला

दैलेख – श्रीमती हत्याका कसुरदारलाई दैलेख जिल्ला अदालतले आज आइतवार श्रीमानलाई जन्मकैद फैसला गरेको छ । गुराँस गाउँपालिका–१ खड्कवाडाका २४ वर्षीय प्रेमबहादुर विकलाई जन्मकैद फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।   घरायसी सम्बन्ध बिग्रिएपछि डुंगेश्वर गाउँपालिका–६ लटालीमा माइतीमा बस्दै आएकी २१ वर्षीया सुनिता विक गोठाला गएको बेला २०७७ कात्तिक १७ गते दिउँसो बाँधे भन्ने जङ्गलमा श्रीमान् प्रेमबहादुरले हत्या गरेको आराेपमा मुद्दा चलेको थियो । भैँसी लिएर गा...

दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारा खड्कासहित तीन जनालाई जन्मकैद

काठमाडौं । माओवादी द्वन्द्वकालमा दैलेखमा पत्रकार डेकेन्द्रराज थापाको हत्या गर्ने तीन जनालाई जिल्ला अदालत दैलेखले जन्मकैदको सजाय सुनाएको छ । हत्याका मुख्य आरोपी मध्ये ‘अरुण’ भन्ने बमबहादुर खड्कासहित तीनै जनालाई जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पत्रकार थापाको हत्यामा संलग्नहरूलाई जन्मकैदको फैसला गर्ने आदेश दिएको हो । दुल्लु नगरपालिका–६ छिउडी […]