जनकपुरधाम : हत्या मुद्दामा सर्वोच्च अदालतद्वारा जन्मकैद पाएका प्रतिवादीलाई धनुषा प्रहरीले ३४ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका वडा नंं २ का ७० वर्षीय विकरु यादव हुन्। उनलाई सर्वोच्चले २०४३ चैत २७ जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो।तर हालसम्म फरार रहेका यादवलाई गत बुधबार दिउँसो औरही गाउँपालिका १ पौडेश्वरस्थित खेतमा काम गरिरहेको बेला पक्राउ गरेर आज बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनि