दैलेखमा श्रीमती हत्याका कसुरदारलाई जन्मकैद फैसला

दैलेख – श्रीमती हत्याका कसुरदारलाई दैलेख जिल्ला अदालतले आज आइतवार श्रीमानलाई जन्मकैद फैसला गरेको छ । गुराँस गाउँपालिका–१ खड्कवाडाका २४ वर्षीय प्रेमबहादुर विकलाई जन्मकैद फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।   घरायसी सम्बन्ध बिग्रिएपछि डुंगेश्वर गाउँपालिका–६ लटालीमा माइतीमा बस्दै आएकी २१ वर्षीया सुनिता विक गोठाला गएको बेला २०७७ कात्तिक १७ गते दिउँसो बाँधे भन्ने जङ्गलमा श्रीमान् प्रेमबहादुरले हत्या गरेको आराेपमा मुद्दा चलेको थियो । भैँसी लिएर गा...