काठमाण्डाै – ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बनमा नपर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै उहाँको सांसद पद तत्कालका लागि निलम्बनमा नपरेको हो ।आफूलाई गैरकानुनी ढङ्गले निलम्बन गरेको भन्दै श्रेष्ठले दिएको रिटमाथि आज साेमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको...