काठमाडौं : पूर्वमाओवादीका चार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन्।टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गरेका हुन्। साविक नेकपाको एकता भंग भएपछि माओवादी छाडेर एमालेमै रहेपछि उनीहरुलाई माओवादीले पार्टीबाट कारवाही गरेको थियो।तर, उनीहरुले औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको दाबी गर्दै आफ्नो सांसद पद पुनर्बहाली गर्न माग गरेका छन्। नेता रायमाझीले अदालतमा पेश गरेको रिटमा भनिएको छ,