नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट निष्कासन गरिएका टोपबहादुर रायमाझीलगायतका नेताहरूले आफ्नो सांसद पद कायम राख्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन् ।
नेताहरू रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र लेखराज भट्टले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । नेकपा एमालेमा लागेपछि माओवादीले ती चार जनालाई पार्टीको साधारण सदस्य नै नरहने गरी निष्कासन गरेको थियो ।
पार्टीबाट निष्कासन गरेपछि उनीहरूको सांसद पद स्वतः खारेज भएको थियो । उनीहरूले दायर गरेको र...