काठमाण्डौ – आफूसँग लगानी गर्ने थोरै पुँजी भएपछि विभिन्न योजनाहरू दिमागमा आउन थाल्छन् । पाइला–पाइलामा व्यवसायका अनेक उपाय फुर्छन् । म यसो गर्छु, उसो गर्छु भनेर मनमै अड्कल गरिन्छ, सोचिन्छ । तर सोच्छन् धेरैले, गर्छन् कमैले ।
सिराहा नगरपालिका–६ का भोलानाथ महरा पनि यिनै कम भित्रका पात्र हुन् । जीवनको महत्वपूर्ण समय वैदेशिक रोजगारीमा बिताउनुभयो भोलानाथले । अहिले उहाँ परदेशभन्दा स्वदेशमै पसिना बगाउनु बेस ठानेर गाउँमै उद्यम गर्ने योजनासहित अघि बढ्नुभएको छ ।
‘परदेशमै छँदा लाग्थ्यो देशमै केही गर्न...