१० वर्षअघिको आर्थिक अभियानबाट: हात्तीपोलोसँगै मेघौलीमा पर्यटक बढे

अन्तरराष्ट्रिय हात्तीपोलो प्रतियोगितासँगै चितवनको मेघौलीमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । सोमवारबाट शुरू भएको हात्तीपोलो प्रतियोगितासँगै मेघौलीका १ दर्जन होटल, लज तथा होम स्टेहरू भरिभराउ भएको पर्यटन विकास समितिका अध्यक्ष इन्द्रबहादुर केसीले बताए । उनले भने, ‘अहिले दैनिक सरदर ४० जना पर्यटक मेघौली आउने गरेका छन् ।’ २ सय पर्यटक क्षमता रहेको मघौलीमा एक हप्तादेखि पर्यटकको संख्या बढेको हो । केसीका अनुसार अहिले दैनिक ४० भन्दा बढी विदेशी पर्यटक मेघौली आउने गरेका छन् । हात्तीपोलो प्र्रतियोगिताकै कारण मेघौलीमा पर्यटकको चाप बढेको समितिका अध्यक्ष केसीले बताए । गत वर्ष चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालित होटल विवादका कारण प्रतियोगिता बर्दियामा भएको थियो । केसीले भने, ‘अघिल्लो वर्ष प्रतियोगिता बर्दिया सर्दा निकै घाटा लाग्यो । यस वर्ष पुन: सञ्चालनमा आएको छ । यसलाई निरन्तरता दिनुपर्छ ।’ हाल टाइगर टप्स होटलले सञ्चालन गर्दै आएको हात्तीपोलो प्रतियोगितालाई निरन्तरता दिन जिल्ला विकास समितिको सहयोगमा योजना बनिरहेको पर्यटन विकास समिति, मेघौलीले जानकारी दिएको छ । केसीका अनुसार निकुञ्जभित्रका होटलहरू बन्द भए पनि प्रतियोगितालाई मेघौलीमै सञ्चालन गर्न समिति बनाएर निरन्तरता दिइने छ ।  वर्ष ६, अंक ७१ , बुधवार, १५ मंसिर, २०६७

सम्बन्धित सामग्री

पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे

कञ्चनपुर, २० कात्तिक । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ । इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन् । कोरोनाको […]

पर्यटक बढे, व्यावसायिक गतिविधि बढेन

काठमाडौं, वैशाख २४ ।  मुलुकमा आउने पर्यटक संख्यात्मक रूपमा वृद्धि भए पनि पर्यटकीय गतिविधि बढ्न नसक्दा पर्यटन व्यवसायी मर्कामा परेका छन्। कोभिडपछि देशमा भित्रिएका पर्यटकले सोचेअनुरूप खर्च नगर्दा व्यवसायीहरू मर्कामा परेका हुन्। एसियन ट्रेकिङका म्यानेजर सञ्जय बरालका अनुसार पर्यटक आगमनको संख्या सुधारोन्मुख देखिएको तर मुलुक भित्रिएका पर्यटकको संख्याको आधारमा उनीहरूको गतिविधि अपेक्षितस्तरमा चलायमान छैन। अहिले […]

कोभिडपछि पर्यटक बढे, व्यापार बढेन

काठमाडौं, चैत २६ । पर्यटन बोर्डले मार्च महिनामा करिब एक लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिदै गरेको तथ्यांक सार्वजनिक गरिरहँदा पर्यटन व्यवसायीहरूमा भने उत्साह पलाउन सकेको छैन्। मार्च महिनामा मुलुक भित्रिएका पर्यटकहरूको संख्या कोभिड यताको सबैभन्दा बढी भए पनि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सरकारले एक लाख पर्यटक मुलुक भित्रिए भन्यो तर ती सबै […]

डेभिज फल्स (पातले छाँगो) अवलोकन गर्ने पर्यटक बढे

काठमाडौँ,२७ मँसिर । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना […]

ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढे

उदयपुर, २० मंसिर । उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा बढ्न थालेको ताप्ली-५ का विष्णुबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरु पोखरी भ्रमण तथा पञ्चकन्या मन्दिरको दर्शन गर्न आउने गरेका छन् । यो जिल्लाको रौता पोखरीपछिको […]

बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

काठमाडौँ,३० साउन । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ । बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । बाघ देखेपछि निकुञ्ज घुम्ने पर्यटक खुशी हुने गरेको पथप्रदर्शक अनुराम चौधरीले बताए। “यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा […]

मनाङ आउने बाह्य पर्यटक बढे

काठमाडौँ,२० साउन । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७÷७८ भन्दा आव २०७८÷७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन् । आव २०७८÷७९ मा चार हजार ७४९ पुरुष र दुई हजार २७० महिला गरी कूल सात हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना […]

काश्मिरमा पर्यटक बढे

एजेन्सी, ३० चैत्र । काश्मिरमा पर्यटक बढेका छन् । पृथ्वीको स्वर्गका भनिने काश्मिरमा यस वर्ष दशककै बढी पर्यटक पुगेको तथ्यांक छ । यसै वर्षको २३ मार्चमा पर्यटकका लागि एशियाकै ठूलो टुलिप बगैंचा खुलाइएको छ । मानिसहरु १५ लाख टुलिप बहुरङ्गका फूल हेर्न जवारवान पहाडको फेदीमा मानिसहरु पुग्न थालेका छन् । पर्यटन काश्मिरका निर्देशक डा. जी […]

मुक्तिनाथमा पर्यटक बढे

मुस्ताङ : प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन्।कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीहरूको घुइँचो लाग्न थालेको हो।नयाँ वर्ष तथा चैते दशैँको अवसरमा स्वदेशी पर्यटकहरुले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ।हरेक वर्ष चैते दशैँ, बडा दशैँ एवं औँसीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने भक्तालुहरुकाे भीड लाग्ने गर्दछ। यस वर्ष पनि मुक्तिनाथमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढिरहेको स्थानीय बताउँछन्।नेपालको मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ धाम भारतको

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

मनाङ, २७ चैत । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म […]