‘मन्दीले बीमालेखा समर्पण गर्ने बीमित बढे’

काठमाडौं। जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल अहिले अर्थतन्त्रमा देखिएको मन्दीका कारण बीमालेख समर्पण (पोलिसी सरेन्डर) गर्ने बीमितको संख्या बढेको बताउँछन् ।  बिहीवार आर्थिक अभियानसँगको कुराकानीमा उनले अहिले बीमितले अन्य आर्थिक आवश्यकता परिपूर्ति गर्न पोलिसी सरेन्डर गरेको बताए । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा मात्रै बीमितले १४ अर्ब २७ करोड रुपैयाँको १ लाख ४ हजार ५०६ ओटा बीमालेख समर्पण गरेका छन् । आव २०७८/७९ मा १२ अर्ब १८ करोड रुपैयाँको ८१ हजार ८६० ओटा बीमालेख सरेन्डर भएको थियो । आव २०७८/७९ को तुलनामा २०७९/८० मा बीमालेख समर्पण मूल्यमा १७ दशमलव २० प्रतिशत र संख्यामा २७ दशमलव ६६ प्रतिशतले बढेको हो ।  सीईओ पौडेल पैसाको स्रोत खुम्चिएकाले अहिले बीमितले आर्थिक आवश्यकता पूरा गर्न पोलिसी सरेन्डर गरेकाले विगतका वर्षमा भन्दा सरेन्डर गर्नेको संख्या बढेको बताउँछन् । ‘सरेन्डर केही बढेको देखिए पनि झन्डै ६५० अर्बको बजारमा १२–१४ अर्बको बीमालेख समर्पण रेसियोमा हेर्दा ठूलो भने होइन,’ उनले भने, ‘बीमाक्षेत्र अहिले पनि बढ्दो क्रममा छ । अहिले झन्डै ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगिसकेको अवस्था छ ।’ बीमाक्षेत्र विकास र विस्तार हुनुमा बीमा कम्पनीहरूको व्यवसाय विकास र विस्तार, प्राधिकरणको सचेतना कार्यक्रम र अभिकर्ताको मुख्य भूमिका रहेको उनी बताउँछन् । सिटिजन लाइफले सर्वसाधारणको लागि भदौ १५ बाट निष्कासन गर्न लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा लगानीकर्ताले ढुक्क भएर लगानी गर्दा हुने पनि उनले बताए । उनी कम्पनीको वित्तीय विवरण राम्रो भएकाले लगानीकर्तालाई अन्य कम्पनीको तुलनामा सिटिजनले राम्रो प्रतिफल दिने दाबी गर्छन् । ‘कम्पनीको पूँजी, नाफा, रिजर्भलगायतका वित्तीय सूचकहरू प्रतिस्पर्धी कम्पनीहरूको भन्दा राम्रो छ । कम्पनीको रिजर्भमा १ अर्ब रुपैयाँभन्दा बढी फन्ड छ,’ सीईओ पौडेल भन्छन्, ‘कम्पनीको ९० प्रतिशत लगानी राम्रो प्रतिफल दिने क्षेत्रहरुमा भएकाले लगानीकर्ताले सिटिजनको आईपीओमा ढुक्क भएर लगानी गर्दा हुन्छ ।’ नियामक नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको ५ अर्ब रुपैयाँको चुक्ता पूँजी आईपीओपछि सजिलैसँग पुग्ने सीईओ पौडेलले बताए । ‘आईपीओपछिको फन्ड र कम्पनीको नाफाले निर्धारित चुक्ता पूँजी सजिलैसँग पुग्छ । त्यसपछि भने हामी लगानीकर्तालाई बीमा क्षेत्रका अन्य कम्पनीको तुलनामा राम्रो प्रतिफल दिने गरी रणनीति बनाएर अघि बढ्छौं,’ उनले भने । 

सम्बन्धित सामग्री

प्रभु लाइफ इन्स्योरेन्सद्वारा बीमित परिवारलाई दाबी भुक्तानी

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ। २०७८ पौष २८ गते प्रभु लाइफमा रु. २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो। पहिलो प्रीमियम स्वरुप रु. १ लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनको दोस्रो किस्ता रकम (बीमा शुल्क) […]

प्रभु लाइफइन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी

प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पौष २८ गते प्रभु लाइफमारु. २० लाखबीमाङ्क रकमको जीवनबीमा गरेका गणेश विश्वकर्माको यहीअसोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप रु. एक लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनले दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै मृत्यु भएको […]

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

काठमाडौं, मंसिर २४ । स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्रा।डा। […]

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

काठमाडौं । स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्रा.डा. दामोदर बसौलाले […]

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो ।स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्रा.डा. दामोदर बसौलाले बीमितले बीमा रकम सक्नलाई अनावश्यक दबाब दिने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि १० प्रतिशत थप शुल्क लिने तयारी भइरहेको बताए । बी

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ।

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी तिर्नुपर्ने बताए ।प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवा

स्वास्थ्य बिमा कार्यक्रमले सामुदायिक फार्मेसीहरुमा पारेको प्रभाव

सरकारले नीति ल्याएमा बीमित तथा बिरामीहरुलाई पनि सहजता अनि सामुदायिक फार्मेसीहरुको पनी भविष्य सुनिश्चत हुने थियो।

स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा

स्वास्थ्य बीमा दर्ता गर्ने बेलामै सम्बन्धित परिवारको सम्पुर्ण बीमित सदस्यहरुलाई  क्युआर कोड सहितको छुट्टाछुट्टै स्वास्थ्य बीमा कार्ड प्रदान गरिन्छ।