सुदूरपश्चिम : उपसभामुख चौधरीद्वारा शपथग्रहण

धनगढी : सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले शपथग्रहण गरेकी छन्। बुधबार प्रदेश प्रमुखको कार्यालयमा सभामुख भीम भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।कोइली हिजो मात्र उपसभामुखमा निर्वाचित भएकी हुन्। उनी नेकपा एमालेका तर्फबाट उपसभामुख बनेकी हुन्। उनी कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी थिइन्।नेकपा माओवादी केन्द्रकी लक्ष्मी विकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी थिइन्। प्रस्तावको

सम्बन्धित सामग्री

सुदूरपश्चिममा सभामुख छान्ने आज अन्तिम दिन

काठमाडौँ–सुदूरपश्चिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि आज समय सीमा सकिदैछ। संविधानले दिएको समय सीमा आज सकिने भएपनि अहिलेसम्म प्रदेश सभाले सभामुख र उपसभामुख पाउन सकेको छैन। प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हो। सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाउन […]

सुदूरपश्चिममा संवैधानिक संकटकाे खतरा, साेमबार के हाेला ?

सभामुख चयन हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा संवैधानिक संकट देखा पर्ने खतरा बढेको छ ।  प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गर्न नागरिक उन्मुक्तिले माग्यो २४ घण्टा समय

२५ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्न २४ घण्टाको समय मागेको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सातै प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख भागबन्डा गरेको थियो । जसमा नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम प्रदेशको उपसभामुख लिन प्रस्ताव गरिएको थियो । सुदूरपश्चिममा सरकार गठनमा निर्णायक बनेको नागरिक उन्मुक्तिले […]

सुदूरपश्चिम प्रदेश सभाः सभामुखको निर्वाचन माघ २ गते हुने

धनगढी – सुदूरपश्चिम प्रदेश सभामा माघ २ गते सभामुख चयनका लागि निर्वाचन गर्ने सर्वदलीय निर्णय भएको छ। आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुख र त्यसपछि उपसभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि (सोमबार)का लागि बोलाइएको छ। बैठकको पूर्व सन्ध्यामा प्रदेश […]

सुदूरपश्चिमकी अटेरी उपसभामुख, जसले क्वाटर रित्तो पारि सबै सामान घर लगिन्

सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान उपसभामुख निर्मला बडाल जोशीले सुविधा बापत पाएको सामान फिर्ता गर्न अटेरी गर्दै आएकी छिन् । केही दिनमै सुदूरपश्चिम प्रदेश सभाले सभामुख, उपसभामुखसहित नयाँ पदाधिकारी पाउँदै छ । तर जोशीले अझैसम्म सरकारी सामान फिर्ता गरेकी छैनन् । निवर्तमान उपसभामुख जोशीले निवासमा लिएको सरकारी सामान फिर्ता नगरेको प्रदेश सभा सचिवालय धनगढीले जनाएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरेको दिनबाटै सांसदहरुको कार्यकाल समाप्त हुने कानुनी व्यवस्था छ । प्रदेश

निवर्तमान उपसभामुख र सांसदले सेवा सुविधा बापत लिएका सामग्री फिर्ता गरेनन्

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान उपसभामुखदेखि सांसदहरुले सरकारी सेवा सुविधा बापत लिएका विभिन्न सामग्री फिर्ता गरेका छैनन् । प्रदेश उपसभामुख निर्मला बडाल जोशीले सरकारी निवासबाट लगेका सामान फिर्ता गर्नुभएकाे छैनन् । अन्य १८ जना पूर्व सांसदहरुले लिएको ल्यापटप सुविधा फिर्ता गरेका छैनन् । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन भएको मितिबाटै कार्यकाल सकिएका […]

सुदूरपश्चिमकी उपसभामुख र एमाले संसदीय दलका नेताले फिर्ता गरेनन् गाडी

३१ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुखसहितका पदाधिकारीलेसुविधा वापत पाएको गाडी अझै फिर्ता नगरेको पाइएको छ । उपसभामुख निर्मला जोशी बडाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता प्रकाश शाहले सरकारी सुविधा वापतको गाडीसहितका सामान फिर्ता नगरेको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ । स्रोतकाअनुसार सभामुख अर्जुनबहादुर थापासहित विषयगत समितिका सभापति, सत्ता पक्षीय दलका […]

उद्योगमन्त्री बडु र प्रदेश उपसभामुख जोशीले गरिन मतदान

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले मतदान गरेका छन्। महाकाली नगरपालिका वडा नम्बर ५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको (क) केन्द्रमा दुवै...