सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गर्न नागरिक उन्मुक्तिले माग्यो २४ घण्टा समय

२५ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्न २४ घण्टाको समय मागेको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सातै प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख भागबन्डा गरेको थियो । जसमा नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम प्रदेशको उपसभामुख लिन प्रस्ताव गरिएको थियो । सुदूरपश्चिममा सरकार गठनमा निर्णायक बनेको नागरिक उन्मुक्तिले […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा माओवादीभित्र किचलो, पदमोहको परिणाम

राष्ट्रिय सभाको निर्वाचनमा मतदान गरेको २४ घण्टा बितेको थिएन । गत शुक्रबार सुदूरपश्चिम प्रदेश सभाको दोस्रो ठूलो दल माओवादी केन्द्रमा संसदीय दलको नेता फेरिएको निर्णय सार्वजनिक भयो । राष्ट्रिय सभाका लागि मतदानअघि नै उक्त निर्णय गरे राष्ट्रिय सभाका उम्मेदवारको मत नतिजा प्रभावित पनि हुन  सक्ने भएकाले उनीहरूले सतर्कता अपनाएका थिए ।

सुदूरपश्चिम प्रदेशः एमालेद्वारा तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीले सरकारवाट फिर्ता हुने पार्टीको निर्णय अवज्ञा गरेको भन्दै तीन मन्त्रीलाई बिहिवार स्पष्टिकरण सोधेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष कर्ण बहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह,उद्योग,पर्यटन बन तथा बतावरण मन्त्री माया भट्ट र समाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई २४ घण्टा भित्र स्पष्टीकरण माग गरेका छन ।