सुर्खेत – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
कर्णाली प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारलाई प्राथमिकता दिएर आउँदो वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख कलौनीले कोराेना महामारी न्यूनीकरण, रोकथाम र उपचारको उचित व्यवस्थापन गर्दै आवश्यक औषधि, आपूर्ति तथा उपलब्धता मार्फत नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।
कोरो...