कास्की – गण्डकी प्रदेश सरकारले दुई वर्षभित्रमा उज्यालो प्रदेश घोषणा गर्ने लक्ष्य लिए पनि चार वर्ष पूरा भइसक्दा पनि सबै ठाउँमा विद्युतीकरण हुन सकेको छैन । अब भने आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले आज बिहीवार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।
उहाँले अहिलेसम्म पाँच हजार नाै सय ५५ घरधुरीमा नयाँ मिटर जडान गरी बत्ती बालिएको बताउनुभयाे । बाग्लुङ, नवलपरासी, कास्की र गोरखाका केही घरमा विद्युत् जडान गर्न ब...