न्युज अफ नेपाल, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सुरु भएको छ । प्रतिनिधि सभा नभएका कारण आज अध्यादेशमार्फत बजेट आउन लागेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै छन्।
राष्ट्रियसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको छ । बिहिबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । अर्थमन्त्रीले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमत सदस्यले पारित गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेले भने उठेर विरोध जनाएको थियो । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमाथि गत साउन २५ गते अर्थ
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ७४ अर्ब २६ करोड अर्थात् २२.७ प्रतिशत […]
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको […]
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य बाचन शुरु गरेका छन् । आर्थिक वर्षका लागि सरकारद्धारा आय व्ययसहितको अनुमानित बजेट सार्वजनिक गर्दै गरेको सरकारले संसद विघटन पछि अध्यादेश मार्फत बजेट ल्याएको हो । आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धि तीन वटा अध्यादेश जारी गरेकी थिइन्। संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् । शनिबार मध्यान्ह
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कोरोना महामारीले सिर्जना गरेको चुनौतीलाई समाधान गर्दै आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएका छन् ।
नयाँ आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमाबारे संसदको अर्थ समितिमा सांसदहरूसँगको छलफलका क्रममा अर्थमन्त्री पौडेलले बजेटमा मन फुकाएर सिलिङ दिन सकिने अवस्था नरहेको समेत बताए ।
मंगलवार अर्थ समितिले राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रकको कार्यालय र अर्थ मन्त्रालयसँग सामूहिक छलफल गरेको छ ।
छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘नयाँ बजेटम...