कोरोना महामारी मत्थर भएपछि लयमा फर्कँदै गरेको आर्थिक क्षेत्रमा राजनीतिक परिवर्तनसँगै आर्थिक वर्ष २०७८/७९ मा धेरै उथलपुथल भए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ ठहर गरेसँगै पाँच दलीय गठबन्धनको तर्फबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए । देउवाले सरकारको नेतृत्व लिएसँगै सुरु भएको आर्थिक वर्ष २०७८/७९ मा केही चर्चित घटना प्रकाशमा आए ।१. अध्यादेश बजेट भर्सेस प्रतिस्थापन बजेटयस वर्षको प्रमुख अर्थ–राजनीतिक घटनाक्रम अध्यादेश बजेटबाटै सुरु भयो । संसद् विघटन गरेको सर