काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराएकाे छ । नेपालले यूएईलाई ७ रनले हराएकाे हाे । याे जितसँगै नेपाल १९ वर्षमुनिकाे विश्व कपमा पुगेकाे छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहकाे विश्व कप खेलेकाे थियाे । नेपालले दिएकाे १ सय ९२ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयाे । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले...