काठमाडौंबाहिर सबैभन्दा धेरै व्यापारिक मेला, महोत्सव एवं औद्योगिक प्रदर्शनी बुटवलमै लाग्छ । जहाँ वर्षैभरि सानाठूला मेला महोत्सव भइरहन्छन् । तिनै मेला महोत्सवलाई प्रर्वद्धन गर्न यहाँ अन्तर्राष्ट्रिय मापदण्डको स्थायी प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ । भ्याटबाहेक १ अर्ब २ करोड ५३ लाख रुपैयाँ लगानीमा संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागले काम थालेको हो ।