ब्रोडब्यान्ड परियोजनाको ९९ प्रतिशत काम सम्पन्न

नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको मुलुकका विभिन्न सार्वजनिक निकाय तथा स्थलमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तर्गत हालसम्म ९९.३५ प्रतिशत भौतिक काम सम्पन्न भइसकेको जनाएको छ । माघ मसान्तसम्म लक्ष्यको ९९.३५ प्रतिशत भौतिक काम सम्पन्न भएको र यसको वित्तीय लक्ष्य भने ७४.२८ प्रतिशत रहेको बताइएको छ ।यसका निमित्त हालसम्म ४ अर्ब २१ करोड ५१ […]

सम्बन्धित सामग्री

साढे तीन वर्षमा सम्पन्न हुनुपर्ने पुल १२ वर्षमा बनेर भाँसिएपछि…

साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको काम १२ वर्षपछि सम्पन्न हुँदै थियो । निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसक्यो भनेपछि सर्वसाधारण सहजरुपमा यातायात सेवा सञ्चालन हुने भन्दै हर्षित थिए । त्यसको केही समयमै पुलका दुई पिलर भाँसिएपछि सर्वसाधारणको खुशी केही समय पनि …

अन्तिम चरणमा दोर्दी–१ आयोजनाको निर्माण कार्य

काठमाडौँ,२३ असार । यहाँ निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरेको यस आयोजनाको निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख उज्जवल सिलवालले बताए । उनले भने, “हामीले आयोजनाको अधिकांश काम सम्पन्न गरिसकेको र अब नाली बनाउने, केही भागमा सफा गर्ने कार्य बाँकी छ, बिजुली उत्पादनका […]

रानी जमरा कुलरिया सिँचाइ आयोजना : जलविद्युत्को काम अन्तिम चरणमा

बाँके । रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत निर्माणाधीन जलविद्युत्को काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाको चार मेगावाट क्षमताको जलविद्युत् योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको छ । आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले उपकरण सामानको जडानको काम हुँदै आएको छ । गतवर्षकै असार मसान्तसम्ममा मुख्य नहरमा पानी छाड्ने लक्ष्य भए पनि कोरोना संक्रमणका कारण समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको काम लम्बिएको हो । आयोजनाले असार मसान्तसम्ममा सबै काम सम्पन्न गरेर मङ्सिर महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भए पनि काम सम्पन्न हुन अझै समय लाग्ने भएको छ । सो आयोजनाको प्रमुख केदार श्रेष्ठले चालू आर्थिक वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गर्दै आएको जानकारी दिए । कोरोनाका कारण समयमै आयोजनाको काम सम्पन्न गर्न नसकिएको भन्दै उनले बाहिरी काम सम्पन्न भए पनि उपकरण जडानको काम शुरू भएको बताए । ‘काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ । सम्भवतः असार मसान्तभित्र काम सम्पन्न होला,’ उनले भने, ‘गत कात्तिकमा आएको बाढीका कारण पनि आयोजनाको काम लम्बिएको हो । बाढीले आयोजनामा क्षति पुर्‍याउँदा त्यसको मर्मतसम्भारमा पनि समय लागेकाले आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको हो ।’ तुदी कन्स्ट्रक्शनले हाइड्रोपावर निर्माणको जिम्मा पाएको छ । हाइड्रोपावरसँगै ६ किलोमिटर नहर र पाँच किलोमिटर कर्णाली नदीमा तटबन्धको जिम्मा पाएको कन्स्ट्रक्शनले तटबन्ध र नहरको काम सम्पन्न गरिसकेको छ । करिब दुई अर्बको लागतमा निर्माण भएको आयोजना अन्तर्गत जलविद्युत्को ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत् लम्की स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । निर्माण कम्पनीका इञ्जिनियर उदय पोखरेलले असारसम्म विद्युत् उत्पादन गरेर हस्तान्तरण गर्ने गरी आयोजनाको काम भइरहेको बताए । नहर र तटबन्धको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र जलविद्युत्को ९० प्रतिशत काम सम्पन्न भएको जानकारी उनले दिए । कोरोनाको संक्रमणका कारण ढिलाइ भएको उनले बताए । ‘हामीले गत आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेका थियौं । कोरोनाको कारण समयमै काम सम्पन्न गर्न नसक्दा त्यो हुन सकेन,’ उनले भने, ‘वैशाखसम्ममा हाइड्रोपावरको परीक्षण गर्ने तयारी गरेका छौं । असारमा सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्छौं ।’ रासस

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको हाइड्रोपावरको काम अन्तिम चरणमा

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा सो सिँचाइ आयोजना रहेको छ ।चार मेगावाट क्षमताको सो हाइड्रोपावर योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको छ । आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले उपकरण सामानको जडानको काम हुँदै आएको छ । गत वर्ष असार मसान्तसम्म मुख्य नहरमा पानी छाड्ने लक्ष्य भए पनि कोरोना सङ्क्रमणका कारण समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको काम लम्बिएको हो । आयोजनाले असार मसान्तसम्म सबै काम सम्पन्न गरेर मङ्सिर महिनाभित्र विद्युत् जलाउने लक्ष्य राखेको भए पनि अझै आयोजनाको काम सम्पन्न हुन समय लाग्ने भएको छ ।सो आयोजना प्रमुख केदार श्रेष्ठले चालु आर्थिक वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गर्दै आएको जानकारी दिए । उनले कोरोनाका कारण समयमै आयोजनाको काम सम्पन्न गर्न नसकिएको जनाउँदै बाहिरी काम सम्पन्न भए पनि उपकरण जडानको काम सुरु भएको बताए । “काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ । सम्भवतः असार मसान्तभित्र काम सम्पन्न हुन्छ होला ?”, उनले भने , “गत कात्तिकमा आएको बाढीका कारण पनि आयोजनाको काम लम्बिएको हो । बाढीले आयोजनामा क्षति पु¥याउँदा त्यसको मर्मतसम्भारमा पनि समय लागेकाले आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको हो ।”तुदी कन्स्ट्रक्शनले हाइड्रोपावर निर्माणको जिम्मा पाएको छ । हाइड्रोपावरसँगै छ किलोमिटर नहर र पाँच किलोमिटर कर्णाली नदीमा तटबन्धको जिम्मा पाएको कन्स्ट्रक्शनले तटबन्ध र नहरको काम सम्पन्न गरिसकेको छ । करिब रु दुई अर्बको लागतमा निर्माण भएको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ । हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् लम्की स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । चार दशमलव ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । राष्ट्रिय गौरवको आयोजनाले हाइड्रोपावरको आयोजनालाई विषेश महत्वका साथ लिएको छ ।निर्माण कम्पनीका इञ्जीनियर उदय पोखरेलले असारसम्म विद्युत् उत्पादन गरेर हस्तान्तरण गर्ने गरी आयोजनाको काम भइरहेको बताउनुभएको छ । उनले नहर र तटबन्धको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र हाइड्रोपावरको ९० प्रतिशत काम सम्पन्न भएको जनाउँदै कोरोनाको सङ्क्रमणका कारण ढिलाइ भएको बताए । “हामीले गत आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेका थियौँ । कोरोनाको कारण समयमै काम सम्पन्न गर्न नसक्दा त्यो हुन सकेन ।” उनले भने , “वैशाखसम्ममा हाइड्रोपावरको परीक्षण गर्ने तयारी गरेका छौँ । असारमा सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्छौँ ।”उनले अहिले मेसिरेनरी जडानको काम भइरहेको जनाउँदै उपकरण जडानको काम सकिएपछि परीक्षण गरिने र त्यसपछि विद्युत् लाइन जोडेर लम्की विद्युत् स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि हस्तान्तरण गरिने बताए ।

अधिकांश स्थानीय तहमा इन्टरनेट

स्थानीय तहअन्तर्गका सार्वजनिक निकायहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु-याउने काम करिब सम्पन्न हुने चरणमा पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार कुल ७०२ स्थानीय तहमा ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने उक्त परियोजनाअन्तर्गत अधिकांश स्थानीय तहमा इन्टरनेट पु-याइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पुस मसान्तसम्मको प्रगति विवरणमा सम्झौताअनुसार ७०२ स्थानीय तहमा इन्टरनेट पु-याउनुपर्नेमा अहिलेसम्म ६९५ स्थानीय तहसम्म पुगिसकेको छ अर्थात् इन्टरनेट जडानको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यस परियोजना...

क्यालिब्रेशन उडान गर्न एरो थाइको टोलीले निरीक्षण गर्दै

काठमाडौं, माघ १२ । ९९ प्रतिशत काम सम्पन्न भइसकेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्ने तयारीका लागि बुधवार एरो थाइको टोली पुग्दै छ । क्यालिब्रेशन उडानको मिति पटकपटक सारिँदै आएकोमा सोमवार एरो थाइका चार जनाको टोली आएसँगै अब क्यालिब्रेशन उडान हुने निश्चित देखिएको छ । थाइल्यान्डको एयरलाइन्स एरो थाइको चार जनाको टोली सोमवार नेपाल […]

क्यालिब्रेशन उडान गर्न एरो थाइको टोलीले निरीक्षण गर्दै

९९ प्रतिशत काम सम्पन्न भइसकेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्ने तयारीका लागि बुधवार एरो थाइको टोली पुग्दै छ । क्यालिब्रेशन उडानको मिति पटकपटक सारिँदै आएकोमा सोमवार एरो थाइका चार जनाको टोली आएसँगै अब क्यालिब्रेशन उडान हुने निश्चित देखिएको छ ।थाइल्यान्डको एयरलाइन्स एरो थाइको चार जनाको टोली सोमवार नेपाल आइसकेको र बुधवार (आज) भैरहवास्थित विमानस्थलमा आइपुग्ने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।एरो थाइको टोलीले ग्

निर्माणाधीन साञ्जेन जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

रसुवा । रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । १४ दशमलव ८ मेगावट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल बाहेक अन्य काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सिभिलतर्फ ९९ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७० प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ९० प्रतिशत काम सम्पन्न भएको छ । इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको […]

सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम

राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ ।