रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको ४८ प्रतिशत काम सकिएको छ । २०७७ असोजदेखि कामलाई गति दिएको आयोजनाले ४८ प्रतिशत काम सकाएको हो ।
आउँदो माघसम्ममा सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल काम सकाउने गरी काम अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनामा अहिले हेडबक्स, पावरहाउस लगायतका क्षेत्रमा संरचना निर्माण गर्ने लगायतका काम भइरहेको छ । अहिले आयोजनामा २ सय ५० कामदार छन् । आउँदो चैत भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम गरिरहेको आयोजनाका प्रबन्धक क...