काठमाडौँ – ललितपुरको भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्रीहरुको लागि बनाइएको निवासको काम ६६ प्रतिशत सम्पन्न भएको छ। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गरेको अनुगमनका क्रममा समितिलाई कार्यप्रगति बारे जानकारी दिँदै आयोजना निर्देशक दिलिप श्रेष्ठले संघीय मन्त्री निवास निर्माणको काम ६६ प्रतिशत भएको बताए। निर्देशक श्रेष्ठले निवास निर्माण गर्दै गर्दा स्थानीयहरुको अवरोध […]