प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्मा ल्याएर छलफल चलाउन सरकारलाई चुनौती दिएको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकको शुरूमै अध्यक्षसँग समय लिएर एमाले सांसद देवेन्द्र दाहालले आफ्नो पार्टी विभाजनका लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाएका हुन् ।
‘सरकारले ल्याएको अध्यादेशले के लोकतन्त्रलाई बलियो बनायो ? यो सरकार स्वार्थहरूको झुण्डमा रुपान्तरण भएको छ । संसद्मा गुरिल्ला अभ्यास गरिँदैछ । संसद्मा एउटा मर्यादा हुन्छ, तर मन्त्रीले कुनामा बसेर गुरिल्ला स्टाइलमा प्रस्ताव पेश गर्ने काम भयो,&rsq...