काठमाण्डाै – सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । अध्यादेश सक्रिय रहँदा सत्ता गठबन्धनकै दल फुट्ने सम्भावना देखिएपछि आज साेमवारको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
यसअघिको ४० प्रतिशतको व्यवस्था हटाएर सरकारले केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमै पनि २० प्रतिशत पुगे दल विभाजन हुन सक्ने प्रावधानसहितको अध्यादेश ल्याएको थियो ।
सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी फुटेका छन् ...