काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बालुवाटारमा अपराह्न ४ बजे बस्दै छ।आजको बैठकबाट राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय हुन सक्ने जनाइएको छ। सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार बैठकले अध्यादेश खारेजको निर्णय गर्न लागेको स्रोतले जनाएको छ। दलका नेताहरुले छिटो अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए।मन्त्रिपरिषदको निर्णयलगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी