अविरल वर्षाले नवलपरासी, रुपन्देही र कपिलवस्तु डुबानमा, क्षतिको विवरण लिन कठिनाई

काठमाडौं । गत बुधबारदेखि परेको अविरल वर्षाका कारण नवलपरासी, नवलपुर, रुपन्देही र कपिलवस्तुका विभिन्न स्थान डुबानमा परेका छन् । रुपन्देहीका बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, भैरहवालगायतका अधिकांश भूभाग डुवानमा परेका छन् । मणिग्राम, भलवारी, शान्तिनगर लगायतका स्थानमा घरभित्रै पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाका ओमसतिया, छपिया, रुद्रपुर, धकधही, मर्चवारी, कोटहिमाई, सिद्धार्थनगर, तिलोत्तमा […]

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

कपिलवस्तु, ओखलढुंगा, रुपन्देही र दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  कपिलवस्तु, मायादेवी गाउँपालिका-५ सानो सिसनियामा युपि ५५ एए ८६० नम्बरको मोटरसाइकललाई युपि ५५ आर ६९४६ नम्बरको मोटरसाइकलले शनिबार दिउँसो ठक्कर दिँदा युपि ५५ एए ८६० नम्बरको मोटरसाइकल चालक भारत सिद्धार्थनगर थाना अलिगडवा ग्राम गौरी बस्ने ५० वर्षीय शालिक मुसलमानको मृत्यु भएको छ …

'डेथ स्पट' बन्दै पाल्पाको तिनाउ दोभान, छैनन् जीवनरक्षाका सामग्री

रुपन्देही, कपिलवस्तु, नवलपरासीका साथै भारतका विभिन्न ठाउँबाट यहाँ पौडिन आउनेहरूको लर्को नै लागिरहन्छ ।

रुपन्देही, नवलपरासी र कपिलवस्तुका ९ सहकारीबीच मर्जर सम्झौता

१८ मंसिर, बुटवल । रुपन्देही,नवलपरासी र कपिलवस्तुका ९ वटा सहकारी संस्थाहरुबीच एकीकरण (मर्जर) सम्झौता भएको छ । रुपन्देहीका एक सहकारीसहित ७ वटा बहुउद्देश्यीय तथा कपिलवस्तु र नवलपरासीका एक/एक वटा बहुउद्देश्यीय सहकारी मिलेर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था (प्रस्तावित) गठन गर्ने सम्झौता भएको हो । एकीकरण हुने सहकारीहरुमा बुटवलको आगन्तुक बचत तथा ऋण सहकारी संस्था, भैरहवाको सार्थक […]

कपिलवस्तुमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

रुपन्देही – कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका-१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएक हो । सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनको ज्यान गएको हो । सर्पको टोकाइबाट घाइते भएकी उनको उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिँगे […]

तीन पटक टेण्डर गर्दासमेत उद्धार सामग्री खरिद भएन

१८ असार, बुटवल । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुपन्देही र प्युठान पहिरो तथा तराईका जिल्ला बर्दिया, बाँके, नवलपरासी, रुपन्देही, दाङ र कपिलवस्तु बाढीको जोखिममा छन् । मनसुन पूर्वतयारी प्रतिकार्य योजना अनुसार लुम्बिनी प्रदेशमा ७९ हजार ९७९ घर परिवार मनसुनजन्य विपद्बाट प्रभावित हुने अनुमान छ । मुख्यमन्त्रीदेखि प्रदेशसभास्थल समेत रहेको बुटवल उपमहानगरपालिका […]

लुम्बिनी सरकारले सकेन उद्धार सामग्री खरिद गर्न

१७ असार, बुटवल । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुपन्देही र प्युठान पहिरो तथा तराईका जिल्ला बर्दिया, बाँके, नवलपरासी, रुपन्देही, दाङ र कपिलवस्तु बाढीको जोखिममा छन् । मनसुन पूर्वतयारी प्रतिकार्य योजना अनुसार लुम्बिनी प्रदेशमा यस वर्ष ७९ हजार ९ सय ७९ घर परिवार मनसुनजन्य विपदबाट प्रभावित हुने अनुमान छ । मुख्यमन्त्रीदेखि प्रदेशसभास्थल […]

सुन्तला खेतीमा अर्घाखाँचीका कृषक आकर्षित, सिजनको आम्दानी २४ करोड भन्दा धेरै

जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी रुपन्देही, पाल्पा, कपिलवस्तु लगायतका अन्य शहरहरूमा निर्यात हुने गरेको छ ।

कपिलवस्तु प्रहरीले नियन्त्रणमा लियो १० भैँसी

कपिलवस्तु– कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ । कपिलबस्तुको शुद्धोधन गाउँपालिका-३ झरुवाबाट अवैध रुपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी र ६ राँगा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । करिब तीन लाख मूल्यका ती भैँसीको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी लबनीको गस्ती टेलीले […]

अविरल वर्षाले डुब्यो रुपन्देही, नवलपरासी र कपिलवस्तु

काठमाडौं : अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु  र नवलपरासीका विभिन्न ठाउँ डुबानमा परेका छन्। पहिरोले सडक अवरुद्ध गरेको छ।  वर्षाका कारण ठाउँठाउँमा डुबान हुनुका साथै पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड अवरुद्ध भएको छ। रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिएको छ।  रुपन्देही तिलोत्तमाको शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगायतका ठाउँ डुबानमा परेका छन्।  निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिण