जापानमा ७३ देशका नागरिकलाई प्रवेश रोक

काठमाण्डौ - जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा प्रवेश नगरुन् भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशका नागरिकलाई जापान भित्रिन प्रतिबन्ध लगाइएको बताएका छन् । प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एसियाका सात...

सम्बन्धित सामग्री

इन्डियन भेरियन्ट फैलिने डरले फिलिपिन्स प्रवेशमा नेपाली नागरिकलाई पनि रोक

नेपालसहितका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, ओमन र युएईलाई फिलिपिन्स प्रवेश निषेध गरिएको छ। इन्डियन भेरियन्ट फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै फिलिपिन्सले यी देशहरुका नागरिकलाई प्रवेशमा रोक लगाएको जनाएको छ। यसअघि पनि यी देशका नागरिकलाई प्रवेश रोक लगाइएको थियो। अझै जुन १५ सम्म यी देशका नागरिक फिलिपिन्स प्रवेश गर्न पाउने छैनन्।…

खाडी मुलुकलगायतका श्रम गन्तव्यमा नेपालीलाई प्रवेश रोक

नेपालमा कोरोना महामारी तीव्र रूपले बढेपछि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोकसँगै श्रम स्वीकृति लिएर बसेकाहरू रोकिएका छन् । नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरू मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानसहितका देशले तत्काल नेपालका नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण दर  उच्च बन्दै गएपछि ती देशले नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई पनि प्रवेशमा रोक लगाएका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरक

पीसीआरबिना भारतीयलाई गौरीफन्टा नाकाबाट नेपाल प्रवेश रोक

कैलाली जिल्लासँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट भारतीय नागरिकलाई पीसीआर रिपोर्टबिना नेपाल प्रवेशमा रोक लगाएको छ

भारतीय नाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेशमा राेक लगाउन सीसीएमसीको सिफारिस

काठमाडौं । भारतीय सीमानाकाबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश रोक लगाउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ। भारतमा कोरोना संक्रमण धेरै बढेपछि सीमानाकामा कडाइ गर्न सिफारिस गरेको हो। विदेशीलाई रोकेपनि नेपालीहरुको रोक नलगाएको बताइएको छ। सीसीएमसीको प्रस्ताव स्वीकृत भए भारतीय नागरिकहरुसमेत नेपाल पस्न पाउने छैनन्।

दुई साताका लागि मलेसिया प्रवेश रोक

मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो ।

कतारको श्रम स्वीकृति पनी स्थगित

सरकारले कतार जाने युवाका लागि जारी गर्दै आएको श्रम स्वीकृति सेवा मंगलबारदेखि स्थगित गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा प्रवेश रोक लगाएसँगै नेपालले सो देशका लागि दिँदै आएको श्रम स्वीकृति सेवा पनि स्थगित गरेको हो । कतार सरकारले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएसँगै नेपालले पनि कतारका श्रम स्वीकृति स्थगित गरिएकोवैदेशिक रोजगार विभागले जनाएको छ ।