खाडी मुलुकलगायतका श्रम गन्तव्यमा नेपालीलाई प्रवेश रोक

नेपालमा कोरोना महामारी तीव्र रूपले बढेपछि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोकसँगै श्रम स्वीकृति लिएर बसेकाहरू रोकिएका छन् । नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरू मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानसहितका देशले तत्काल नेपालका नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण दर  उच्च बन्दै गएपछि ती देशले नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई पनि प्रवेशमा रोक लगाएका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरक