इन्डियन भेरियन्ट फैलिने डरले फिलिपिन्स प्रवेशमा नेपाली नागरिकलाई पनि रोक

नेपालसहितका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, ओमन र युएईलाई फिलिपिन्स प्रवेश निषेध गरिएको छ। इन्डियन भेरियन्ट फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै फिलिपिन्सले यी देशहरुका नागरिकलाई प्रवेशमा रोक लगाएको जनाएको छ। यसअघि पनि यी देशका नागरिकलाई प्रवेश रोक लगाइएको थियो। अझै जुन १५ सम्म यी देशका नागरिक फिलिपिन्स प्रवेश गर्न पाउने छैनन्।…

सम्बन्धित सामग्री

अमेरिकाले इस्लामाबादको म्यारियट होटलमा बस्न आफ्ना नागरिकलाई लगायो रोक

इस्लामाबाद। पाकिस्तानस्थित अमेरिकी दूतावासले इस्लामाबादमा रहेको म्यारियट होटलमा बस्न आफ्ना नागरिकलाई रोक लगाएको छ। आतंकवादीले अमेरिकी नागरिकलाई निशाना बनाउन सक्ने जनाउँदै अमेरिकाले उक्त रोक लगाएको हो। यो रोक तत्काल लागू हुने जनाइएको छ। केही अज्ञात व्यक्तिहरुले इस्लामबादको म्यारियट होटमा अमेरिकी नागरिकमाथि आक्रमण गर्ने योजना बनाइरहेको जानकारी प्राप्त भएको अमेरिकाले जनाएको छ। (बीबीसी)

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक !

काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।अफ्रिकामा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई कुटनीतिक, अफिसियल र आपत्कालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन...

अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय

अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमका कारण गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराईले रातोपाटीलाई बताए । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । सो भेरियन्टको रोकथामका लागी आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितीको बैठकमा पनि छलफल भएको छ ।  अफ्रिकाबाट आउने नेप

दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं, मंसिर १२ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो । यो निर्णय […]

कोरोनाको नयाँ भेरियन्ट: अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

कोभिड १९ को नयाँ भेरियन्ट (ओमीक्रोन स्ट्रेन) फैलिन थालेपछि  गृह मन्त्रालयले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

अफगान नागरिकलाई काबुल विमानस्थलमा जान तालिबानको रोक

१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्‍याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो । पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि […]

यूएईद्वारा आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा जान रोक

काठमाण्डौ – यूएईले आफ्ना देशका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकलाई नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, नामिबिया, कंगो, युगाण्डा, सिरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया जान प्रतिबन्ध लगाएको हो । यी देशमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै बुधबारदेखि यात्रामा प्रतिबन्ध लगाएको प्राधिकरणलाई उद्धृत गर्दै खलिज टाइमले लेखेको छ । यात्रा प्रतिबन्ध कहिलेसम्म हो भन्ने ख...

बहराइनले लगायो नेपालीको प्रवेशका रोक

काठमाडौं। खाडी राष्ट्र बहराइनले नेपालीको प्रवेशमा अस्थायी रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि बहराइनले नेपालीको प्रवेशमा रोक लगाएको हो। बहराइनले आइतबारदेखि नेपालको प्रवेशमा रोक लगाएको नेपाली दूतावासले जनाएको छ। बहराइनले नेपालको अलवा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकलाई पनि प्रवशेमा रोक लगाएको छ। ती देशबाट आफ्ना नागरिकलाई भने फर्कन दिने बहराइनले जनाएको छ।

भारत र चीनबाहेक अन्य देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

नेपालसँग सीमा जोडिएका छिमेकी देशका नागरिकबाहेक अन्य देशका नागरिकलाई सरकारले स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाएको छ