भारतीय नाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेशमा राेक लगाउन सीसीएमसीको सिफारिस

काठमाडौं । भारतीय सीमानाकाबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश रोक लगाउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ। भारतमा कोरोना संक्रमण धेरै बढेपछि सीमानाकामा कडाइ गर्न सिफारिस गरेको हो। विदेशीलाई रोकेपनि नेपालीहरुको रोक नलगाएको बताइएको छ। सीसीएमसीको प्रस्ताव स्वीकृत भए भारतीय नागरिकहरुसमेत नेपाल पस्न पाउने छैनन्।