सरकारले कतार जाने युवाका लागि जारी गर्दै आएको श्रम स्वीकृति सेवा मंगलबारदेखि स्थगित गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा प्रवेश रोक लगाएसँगै नेपालले सो देशका लागि दिँदै आएको श्रम स्वीकृति सेवा पनि स्थगित गरेको हो ।
कतार सरकारले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएसँगै नेपालले पनि कतारका श्रम स्वीकृति स्थगित गरिएकोवैदेशिक रोजगार विभागले जनाएको छ ।