बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौराको सुदूरपश्चिम प्रदेशभर रौनक छाएको छ। चार दिनसम्म मनाइने गौराको दोस्रो दिन आज नानी गौरा मनाइँदै छ।व्रतालु महिलाहरूले हिजो बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन छ। आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ। सावाँ, अपामार्ग लगायतका वनस्पति प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने दोगडाकेदार-३ सुनखोलाकी कमला जोशीले जानकारी दिइन्।बिरुडा पञ्चमी