बैतडी : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आज शुरु भएको छ। पर्व शुरु भएसँगै यहाँ रौनक छाएको छ। पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा (गौरी) देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ।त्यति वेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकारी जयानन्द भट्टले बताए। यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्छन्।गौरा पर्वको पहिलो दिन आज घर–घरमा महिल