बागलुङ : जिल्लामा गौरव र प्राथमिकताका योजना तीन वटा छन्। मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन सडक।सरकारले गौरवको योजनामा राखे पनि यिनीहरूको अवस्था नाजुक छ। ट्र्याक खुलेको वर्षौँ बितिसक्दा पनि यी सडकको स्तरोन्नति हुन सकेको छैन। पूर्व–पश्चिम जोडेको मध्यपहाडी लोकमार्ग, चीन भारत जोड्ने कालिगण्डकी कोरिडोर तराई–पहाड जोड्ने सालझाण्डी ढोरपाटन सकड हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छन्।मध्यपहाडी लोकमार्गले जिल्लाको छ पालिकालाई जोडेर रुकुम पू