शहीद मार्गको दुरवस्था : तीन वर्षमै उप्कियो कालोपत्रे

दाङ :  घोराही उपमहानगरपालिका १५ का भीष्म झाँक्री पेशाले शिक्षक हुन्। उनी हप्तामा २ दिन घोराही–होलेरी सडक खण्ड मार्फत दाङ– रोल्पा आउने जाने गर्छन्। यो सडकमा यात्रा गर्दा एक जोर कपडा झोलामा बोकेर हिँड्छन्। धुलो र हिलोले लगाएको कपडा बाटैमा बिग्रिने भएकाले थप कपडा बोकेर हिँड्नुपर्ने उनको भनाइ छ।‘म हप्तामा २ दिने यो बाटोबाट आउने जाने गर्छु। तर, सडकको अवस्था नाजुक रहेको छ’, उनले भने, ‘सडकको यस्तो अवस्था हुँदा कसैले चासो दिएको छैन।’ उनले दैनिक एक सय भन्दा बढी &n

सम्बन्धित सामग्री

ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश- काम तपाईंले बिगार्ने, गाली हामीले खाने ?

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले निर्माणाधीन शहीद मार्गअन्तर्गत दाङको घोराहीदेखि होलेरीसम्मको सडक अनुगमन गरेका छन् । पूर्वसभामुख ओनसरी घर्ती र लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुनसहित पुनले निर्माण व्यवसायीको लापरबाहीले कालोपत्रे उप्किएर खण्डहर भएको उक्त सडक आयोजनाको अनुगमन गरेका हुन् । भारतीय एक्जिम बैंकको ४० करोड ऋण […]

सांसद घर्तीद्वारा शहीद मार्गलाई कालोपत्रे गर्न माग

काठमाडौं । संसदमा शहीद मार्गलाई कालोपत्रे गर्न माग गरिएकाे छ । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दाङको घोराहीदेखि रुकुमको मैकोटसम्म जोड्ने शहीद मार्गको कालोपत्रे गर्न माग गर्नुभएकाे हाे । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले यस्ताे माग गर्नु भएकाे हाे । उहाँले भन्नुभयाे,’४० वर्षअघि सुरु भएको शहीद मार्गकाे सडकको कालोपत्रे हुन नसक्दा दु:ख लाग्छ।’ तत्कालीन […]

शहीद मार्गलाई कालोपत्रे गर्न सांसद घर्तीको माग

१८ माघ, काठमाडौं । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दाङको घोराहीदेखि रुकुमको मैकोटसम्म जोड्ने शहीद  मार्गको कालोपत्रे गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले ४० वर्षअघि सुरु भएको सडकको समेत कालोपत्रे …

घोराही–होलेरी शहीद मार्ग डेढ वर्षमै भत्किएपछि स्थानीय आन्दोलित

काठमाडौं । घोराही–होलेरी शहीद मार्ग कालोपत्रे गरेको छोटो समयमै भत्किएको छ । दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको २९ किलोमिटर सडक पिच भएको छोटो समयमै भत्किएपछि स्थानीयले स्तरोन्नतीको माग गर्दै प्रदर्शन गरेका छन् । ०७४–७५ मा संघीय सरकारले छुट्याएको ४७ करोड लागतमा सो सडक पिच गरिएको थियो । सहिद मार्ग डेढ वर्ष नपुग्दै भत्किएको छ । रोल्पाको होलेरीमा आईतबार स्थानीयले सडक स्तरोन्नतीको माग राखेर दवाव मुलक कार्यक्रम गरेका छन् । लुम्बिनी प्रदेश अन्तर्गत रोल्पाको लाइफ लाइन मानिने&nbs

शहीद मार्ग कालोपत्रे गरिँदै

वर्षौंदेखि अलपत्र परेको गण्डकी प्रदेशलाई चितवन जोड्ने शहीद बुद्धसिंह मार्गको कालोपत्रेको काम अघि बढेको छ। हाल मार्गको कालोपत्रेका लागि कटिङ, टेवा पर्खाल, नाला निर्माण, ग्याबिन तारजाली राख्ने जस्ता पूर्वाधार निर्माणका काम भइरहेको छ। कुल ३४ किलोमिटर दूरीमध्ये पहिलो चरणमा तनहुँको सदरमुकाम दमौलीको बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुने गरी कालोपत्रेका लागि काम अघि बढेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। करिब ३१ वर्षअघि खोलिएको यस मार्गको कालोपत्रे नहुँदा यो मार्ग वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये समस्या रहँदै आएको छ। पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह

छिन्ताङवासी भन्छन्– ‘बाटो कालोपत्रे गर्नेलाई मत दिन्छौँ’

धनकुटा, मङ्सिर १४ गते । खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिका–१ का जनकबहादुुर वालिङले आफ्नो घर हुुँदै सदरमुकाम जाने बाटो पक्की गर्नेलाई...