म्याग्दी, असोज १५ । म्याग्दीस्थित बेनी-भकुण्डे सडकको अवस्था नाजुक भएको छ । ट्रयाक खुलेको १३ वर्ष बितिसक्दा पनि बेनी-भकुण्डे मोटरबाटोको अवस्थामा सुधार हुन सकेको छैन । म्याग्दीको सदरमुकाम बेनीदेखि भकुण्डेजोड्ने मुख्य सडक हिलाम्मे हुँदासमेत स्तरोन्नतिमा कसैले चासो दिएको छैन । सडक हिलाम्य हुँदा यातायातका साधनहरु सञ्चालनमा आउन सकेका छैनन् । २०६५ सालमा ट्रयाक खुलेको साढे […]