स्थानीय तहको बेथिति: निर्माण सम्पन्न नहुँदै भत्कियो कालोपत्रे

निर्मित सो सडक भएर दैनिक सयौंको संख्यामा टिपर, ट्रक तथा ट्याक्टर गुड्छन्। सोही सडकको आसपासमा साना, ठुला उद्योग सञ्चालित छन्। सडकमा दैनिक गुड्ने मालवाहक सवारीको क्षमता अनुसार कालोपत्रे नगरेर कमिसनको चक्करमा कमसल काम गरिँदा सडकको अवस्था नाजुक बनेको कांग्रेस...

सम्बन्धित सामग्री

निर्माण नसकिँदै भत्कियो कालोपत्र

ठेक्का सम्झौता भएको १० वर्षमा कालोपत्र गरिएको तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । ८ करोड ८४ लाख ८२ हजार रुपैयाँ लागतमा निर्माणधीन उक्त सडकको तम्घास बजारदेखि सिस्नेखोलासम्मको साढे २ किलोमिटर खण्ड निर्माण सम्पन्न नहुँदै भत्किएको हो ।

सिन्धुलीमा निर्माण नसकिँदै भत्कियो पुल

सिन्धुली । सिन्धुलीको दुधौलीमा निर्माण गरिएको पुल सम्पन्न नहुँदै भत्किएको छ । दुधौली नगरपालिका–२ को भलुवाही स्थित नयाँटोल र अमारेटोल लालबस्ती जोडने खारखोलामा निर्माणाधीन पुल स्थानीयले उपभोग गर्न नपाउदै भत्केर लाखौं सरकारी रकमको दुरुपयोग भएको छ । हिउँदका दिनमा भन्दा वर्षायाममा आउने बाढीले त्यस क्षेत्रका स्थानीयहरुको आवत जावतमा कठिनाई भएपछि दुई वर्ष अगावै खारखोलामा स्ल्याव […]

सञ्चालन नहुँदै भत्कियो पुल

दाङको बबई नदीमा बनाइएको पुलको संरचना भत्किएको छ । बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो । पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्ड अनुसार तारजाली नलगाइँदा बनाइका संरचनाहरू भत्किएको स्थानीयको भनाई छ । मनसुन सुरु नहुँदै नवनिर्मित संरचनाहरू भत्किँदा वर्षायाममा  जोखिम बढेको उनीहरूले बताए ।केही महिना पहिलेमात्र निर्माण सम्पन्न पुलको हालसम्म उद्घाटन समेत भएको छैन । २०७२ सालदेखि निर्माण सुरु भएको पक्की पुल निर्माणको काम केही स

जडान नहुँदै भत्कियो बेलिब्रिज

हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कर्णाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ ।  छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो । छायाँनाथ रारा नगरपालिकाका  प्रमुख हरिजंग शाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गरेका थिए । पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बेलिब्रिज भत्किँदा निर्माण कार्य अझै

हस्तान्तरण नहुँदै भत्कियो घोराहीको चार लेन सडक

७ पुस, दाङ । दाङ घोराहीको कटुवा खोलादेखि नेत्रलाल अभागी चोकसम्मको चार लेन सडक निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण नहुँदै भत्किन थालेको छ । सडकखण्डका बिभिन्न ठाउँमा खल्डाखुल्डी परेका छन् । ट्राफिक चोक छेउमा सबैभन्दा धेरै भत्किएको छ । डेढ किलोमिटरको उक्त सडकखण्ड चार लेनमा विस्तार गर्न कान्छाराम शंकरमाली जेभीसँग ०७१ भदौ ११ गते सम्झौता […]

निर्माण सम्पन्न नहुँदै भत्कियो सहिद पार्कको पर्खाल

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–२ को हजरियामा निर्माणाधीन अवस्थामा रहेको सहिद पार्कको पर्खाल भत्किएको छ । आन्तरिक स्रोतमार्फत निर्माणाधीन सहिद पार्क निर्माणकै चरणमा भत्किएको हो । नगरपालिकाले आन्तरिक स्रोततर्फबाट आव ०७७–७८ मा ३३ लाख रुपैयाँ बजेट छुट्टयाइएको योजना शाखाका प्रमुख कमलप्रसाद पौडेलले जानकारी दिए । नगरको आन्तरिक स्रोत खर्च गर्ने योजनामा निर्माणाधीन अवस्थामै कमसल देखिनु […]

‘ठेकेदार मेयर’ले ३ करोडमा बनाउँदै गरेको तटबन्ध सम्पन्न नहुँदै भत्कियो

कैलाली जिल्लाको भजनी नगरपालिकामा निर्माणाधीन तटबन्ध बगेको छ । नगरपालिकाको वडा नम्बर ३ स्थित कान्द्रा नदीको कुसुमघाटमा गत वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको तटबन्ध बगेको हो । निर्माणमा चरम ढिलासुस्ती र प्राविधिक त्रुटिका कारण नदीमा आएको सामान्य बाढीले पनि तटबन्धको केही भाग भत्काएर बगाएको भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिए । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीको डिजाइनमा भएको त्रुटि र निर्माण कम्पनीले गरेको ढिलासुस्तीले सम्पन्न हुन नपाउँदै तटबन्ध भत्काएको उनले बताए । डिभिजन...

निर्माण सम्पन्न नहुँदै भत्कियो नाचघर

जिल्लामा निर्माण हुन थालेको नाचघर निर्माण सम्पन्न नहँुदै भत्किएको छ । घोराही उपमहानगरपालिका–१८ को घोरदौरामा निर्माणधीन अवस्थामा रहेको खुला नाचघर भत्किएको हो । लगातारको वर्षाका कारण फिलिङ गरेको माटो दबेपछि निर्माणाधीन अवस्थामा रहेको नाचघरको संरचना भत्किएको हो । घोरदौरामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ गत वर्ष सांस्कृतिक डबली (खुला नाचघर) निर्माण गरिएको थियो । नाचघर […]

निर्माण नहुँदै भत्कियो नाला

लहान । सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ ।  कमसल

सम्पन्न नहुँदै भत्कियो सिँचाइ योजना

गोकुलगंगा गाउँपालिकास्थित बेतालीमा निर्माणाधीन १ करोड ६ लाख ४२ हजार लागतको सिँचाइ आयोजना निर्माण सम्पन्न नहुँदै भत्कन थालेको छ । योजनाका लागि प्रयोग भएको पाइपलाई टेवा दिन बनाइएका पोस्टहरू धमाधम भत्कन लागेका हुन् । प्राविधिक डिजाइनमा त्रुटि र गुणस्तरहीन निर्माणका कारण र लागत स्टिमेटअनुसारका सामान प्रयोग नहुँदा यस्तो भएको स्थानीयवासी बताउँछन् ।