इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै अब अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् भुक्तानी सहज हुने भएको छ। अष्ट्रेलियामा रहेका नेपालीहरूले आफैं कम्युटर वा मोबाइलबाटै कम शुल्कमा नेपालमा रहेको आफ्नो बैंक खाता तथा इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने इसेवा मनि ट्रान्सफरले जनाएको छ। नेपालीहरुले रियल टाइममा नै […]