डिजिटल रेमिट्यान्सको क्षेत्रमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ । कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनल मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा त