इसेवाको उपहार योजनामा स्कुटर जित्न सकिने

इसेवा मनि ट्रान्सफरले दसैं तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ ।योजना अन्र्तगत इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाउने व्यक्तिमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा बम्पर उपहारमा एक जनाले होन्डाको डियो स्कुटी जित्न सकिने कम्पनीले बताएको छ […]

सम्बन्धित सामग्री

नेपालपेको नयाँ योजना : बिगमार्टमा सामान खरिद गर्दा स्कुटर जित्न सकिने

नेपालपेले बिगमार्टसँगको सहकार्यमा हिरो स्कुटर जित्न सकिने बम्पर उपहार योजना सार्वजनिक गरेको छ ।

अनरको दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरसम्मको अफर

काठमाडौं। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले चाडपर्व अफर ‘बनाउ दशैं अनरमय’ अफर ल्याएको छ । त्यस्तै ‘अनर को बहार, चाडपर्वमा उपहारै उपहार’ अभियान पनि शुरू गरिएको बताइएको छ, जसमा खरीदकर्ताले स्मार्टफोनको खरीदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्ने बताइएको छ । अफरको पहिलो खण्डमा दैनिक रू. ५ हजार ९९० को अनर एअरबड्स एक्सफाइभ वा रू. ६ हजार ४९० को अनर ब्यान्ड सिक्स जित्ने बताइएको छ । त्यस्तै दोस्रोमा मेगा गिफ्टको रूपमा ४३ इन्च स्मार्ट टिभी वा अनर वाच फोर वा अनर नाइन्टी फाइभजी जित्न सकिने कम्पनीले जानकारी दिएको छ । उपहारको तेस्रो खण्डमा ग्राहकले ल्यापटप वा थाइल्याण्ड टुर र अन्तिम खण्डमा भेस्पा स्कुटर जित्न सकिने बताइएको छ । असोज १४ देखि शुरू भएको यो अफर कात्तिक ३ सम्म कायम रहने बताइएको छ । अनरले योसँगै उपभोक्ताले स्मार्टफोन र सहायक उपकरणको मूल्यमा छूट पाउने बताएको छ ।

नयाँ वर्षमा ‘फोन पे’ गर्दा स्कुटर र सुन उपहार जित्न सकिने

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक फोन पेले नयाँ वर्षको उपलक्ष्यमा ‘फोन पे गर्ने हो, क्यूआरमा उपहार जित्ने हो’ योजना ल्याएको छ। चैत २९ देखि आगामी वैशाख ५ गतेसम्म लागु हुने योजनामा नेपालभरका फोन पे प्रयोगकर्ता सहभागी भई एक तोला सुन र स्कुटर प्राप्त गर्न सक्नेछन्।

यामाहाको ‘महा एक्सचेन्ज मेला’ शुरू

काठमाडौं (अस) । यामाहाको ‘महा एक्सचेन्ज मेला’ शुरू गरिएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको  आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले बिहीवारदेखि उक्त मेला शुरू गरेको हो । भृकुटीमण्डमा शुरू गरिएको उक्त मेला आगामी २२ वैशाखसम्म चल्ने आयोजकले जानकारी दिएको छ । उक्त ‘महा एक्सचेन्ज मेला’मा विभिन्न सुविधासहित आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार मेलामा जुनसुकै ब्राण्डका  जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने बताइएको छ । मेलामा कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरीद गर्ने ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९X१००० टाइम्स’मा सहभागी हुने अवसर दिइने कम्पनीले बताएको छ । सो अफर अन्तर्गत  डिजिटल ज्याकपटमार्फत ग्राहकले दैनिक २ लाख ७ हजार ९०० रुपैयाँ पाउने बताइएको छ । त्यस्तै स्योर शटमा ८ हजार ३१६ रुपैयाँ र बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ । मेलामा टेस्ट राइडको कार्यक्रम पनि राखिएको छ । टेस्ट राइडमा सहभागीमध्येबाट हरेक दिन एक जनाले माउन्टेन फ्लाइटको टिकट उपहार पाउने बताइएको छ । मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि ‘अन द स्पट फाइनान्स’ सुविधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । उक्त फाइनान्स सुविधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिने सुविधा दिइने कम्पनीको भनाइ छ । मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एसेसोरिज प्रदान गर्ने र जुनसुकै ब्रान्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने लगायत सुविधा दिइएको कम्पनीले जानकारी दिएको छ ।

मानन्धरले जिते टीभीएस योजनाको बम्पर उपहार कार

काठमाडौं (अस) । टीभीएसले गत दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरेको टीभीएस६ प्राइजको सरप्राइज योजनाको बम्पर उपहार विनोद मानन्धरले जितेका छन् । भक्तपुरका मानन्धरले बम्पर उपहारस्वरूप प्रोटोन सागा कार प्राप्त गरेका हुन् । ६ पटकसम्म उपहार जित्न सकिने योजनाअन्तर्गत ग्राहकले विभिन्न टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुन्जेल विभिन्न उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ । ०७८ भदौ १६ गतेदेखि मंसिर १४ गतेसम्म सञ्चालन भएको योजनाअन्तर्गत मंगलबार बम्पर उपहार प्रोटोन सागा कार विजेता घोषणा गरिएको हो । उनले टीभीएस एनटर्क आरटी एफवान बाइक खरिद गरेका थिए । योजनाअन्तर्गत हरेक साता शतप्रतिशत क्यासब्याक जित्नेमा सकिन धोबी, रवीन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वति चन्द, कृष्णप्रसाद भट्टराई, केशवकुमार रावल, खड्गी माया आङदेम्बे र बिना नेम्बाङले टीभीएस६ प्राइजको सरप्राइजअन्तर्गत आरआर३१० प्राप्त गरेको कम्पनीले बताएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक हो । कम्पनीका हाल नेपालभर १४५ भन्दा बढी डिलर छन् ।

दशैंमा वित्तीय क्षेत्रका अफर : क्यासब्याकदेखि नगद छूटसम्म

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गरी नेपालको वित्तीय क्षेत्रले पनि ग्राहक लक्षित विभिन्न अफर ल्याएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्था र रेमिट्यान्स कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफर ल्याएका हुन् । विशेषगरी बैंकहरूले विभिन्न व्यापारिक संस्थासँगको सहकार्यमा किनमेलमा गर्ने भुक्तानीमा छूट दिने अफर ल्याएका छन् । नबिल बैंकले ‘दशैं धमाका अफर’ ल्याएको छ । त्यसअन्तर्गत नबिलको डेबिट तथा क्रेडिट कार्ड अनलाइन शपिङ प्लेटफर्महरू बिगमार्ट, दराज र किरानामा प्रयोग गर्दा क्यासब्याक पाइने व्यवस्था गरिएको छ । ग्राहकले बिगमार्टमा १० प्रतिशत छूट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । किरानामा १५ प्रतिशत छूट वा १ हजार ५०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिने बताइएको छ । यसैगरी दराजमा भने हरेक शुक्रवार १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छूट पाउन सकिने जानकारी बैंकले दिएको छ । सानिमा बैंकले पनि ‘दशैं धमाका’ योजना ल्याएको छ । बैंकले अनलाइन शपिङ पोर्टल दराजबाट सामान खरीद गर्दा छूट दिने योजना ल्याएको हो । डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई यस्तो सुविधा दिइने बैंकले बताएको छ । यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरीद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजारसम्मको छूट पाउनेछन् । यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजार ५०० सम्मको छूट प्राप्त गर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकले दशैंको अवसरमा पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ । चाडपर्वको अवसरमा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमबाट प्रतिकारोबार १ हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्विप गर्दा क्यासब्याक हुने अफर बैंकले ल्याएको हो । यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजारमध्ये जुन कम हुन्छ, सो बराबरको रकम ग्राहकले फिर्ता पाउँछन् । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया भाइबर क्विज बज’ सञ्चालनमा ल्याएको छ, जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले दैनिक तथा साप्ताहिक रूपमा आकर्षक उपहार जित्न सक्नेछन् । असोज १४ गतेदेखि शुरू भएको यो योजना कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । क्विज बजमा दैनिक सहभागी भई सही जवाफ दिने एकजनाले साप्ताहिक रूपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने प्रत्येक दिन चारजनाले ५०० रुपैयाँको मोबाइल रिचार्जसमेत जित्न सक्ने कम्पनीले बताएको छ । यसैगरी, कुमारी बैंकले डेबिट र क्रेडिट कार्डका ग्राहकलाई विशेष छूट दिने उद्देश्यले दराजसँग सम्झौता गरेको छ । मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई धूलिखेलको आगन्तुक रिसोर्टमा छूटको दिने अफर ल्याएको छ । त्यहाँ ग्राहकलाई बसाइ र खानामा विशेष छूट दिइने बताइएको छ । यस्तै, बैंकले आफ्नो एटीएम कार्डप्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सक्ने सुविधा पनि ल्याएको छ । दशैंको अवसरमा अन्य बैंक तथा वित्तीयहरूले विभिन्न अफर ल्याएका छन् । त्यसले व्यवसायमा सहयोग पनि पुगेको बैंकरहरू बताउँछन् । यसैगरी भुक्तानी सेवा प्रदायक संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्ट आईपीएस मोबाइल एपमार्फत मोबाइल वालेटमा गरिने फण्ड लोड निःशुल्क गरेको छ । बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा पनि शुल्क नलाग्ने बताइएको छ । असोज २० गतेदेखि शुरू भएको यो अफर कात्तिक २५ गतेसम्म कायम रहनेछ । ई–सेवाले पनि दशैं, तिहारलाई लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । घटस्थापनादेखि शुरू भएको सो अफर असोज ३१ गतेसम्म चल्नेछ । यस अवधिमा ई–सेवाबाट कुनै पनि बैंक खातामा निःशुल्क रूपमा रकम ट्रान्सफर गर्न सकिनेछ । बम्परमा एकजनाले एउटा स्कुटर पाउने बताइएको छ । यस्तै साप्ताहिक रूपमा एकजना विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् भने मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउने व्यवस्था गरिएको छ । आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आईएमई पेले ‘दशैंको झट्का’ स्कीम ल्याएको छ । यस अन्तर्गत अन्तर्गत आईएमई पे वालेटबाट हवाई टिकट खरीद गर्दा ५० प्रतिशतसम्म क्यासब्याक पाइनेछ । दशैंलाई लक्षित गरेर भुक्तानी सेवा प्रदायक अन्य कम्पनीले पनि विभिन्न अफर ल्याएका छन् । रेमिट्यान्सतर्फ आईएमई ले ‘डबलको डबलको डबल अफर’ ल्याएको छ । असोज १ गतेदेखि शुरू भएको यो अफर कात्तिक २६ गतेसम्म लागू हुन्छ । उक्त अफरमा विदेशबाट पठाइएको रकमको आठ गुणासम्म पुरस्कार जित्न सकिने बताइएको छ । साथै, हरेक हप्ता दुईजनालाई पठाएको रकमको दुई गुणा, हरेक महीना पठाएको रकमको ४ गुणा बराबरको पुरस्कार दिइने कम्पनीले बताएको छ । यस्तै, रेमिट्यान्स आईएमई–पेमा प्राप्त गरेमा २०० रुपैयाँ थप बोनस पाइने व्यवस्था पनि छ । क्यापिटलतर्फ कुमारी क्यापिटललले ‘उत्सवलाई महाउत्सव बनाउने’ योजना ल्याएको छ । हितग्राही खाताको पहुँच वृद्धि गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । यसमा सरकारको ‘एक नेपाली : एक डिम्याट खाता’ अभियान अन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न सकिनेछ । प्रभु क्यापिटलले पनि दशैं लक्षित ‘डबल धमाका’ अफर ल्याएको छ । यो योजनामा १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै शेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालीम पनि प्रदान गरिने क्यापिटलले जानकारी दिएको छ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यशाली १० जना ग्राहकलाई यो योजना अन्तर्गत विजेता छनोट गरिनेछ । दैनिक विजेताको सूची एक दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने बताइएको छ । यसरी छनौट भएका ग्राहकले खाता खोलिसकेपछि १९९ रुपैयाँमा २५ प्रतिशत टीडीएस कट्टी गरी बाँकी रकम ग्राहकको बालेटमा फिर्ता गरिने क्यापिटलले जानकारी दिएको छ ।

दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्दा टिभिएस अपाचे आरटिआर बाइक उपहार

सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ । जस अन्तगर्त टिभिएस अपाचे आरटिआर १६० २भी बाइक, एलजि र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरु रहेको मलले जनाएको छ। मलले एक हजार रुपैयाँ वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो । जस अनुसार मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी  बाइक पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए। त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट १० हजार रुपैयाँको नगद भौचर प्रदान गरिने ठकुरीले बताए ।असोज १२ देखि मङ्सिर ४ सम्म चल्ने अफरमा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जोडीलाई कल्चर रिसोर्टमा २ रात ३ दिनको बसाइ सहित पोखरा राउन्ड ट्रिपको पनि व्यवस्था रहेको छ। सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै सिभिल मलको सामाजिक संजालमा फलो गरेर पनि टिभिएस स्कुटर जित्न सकिने मलले जनाएको छ। सिभिल मलको फेसबुक पेज लाइक, इन्स्टाग्राम फलो र युट्युब सस्ब्सक्राइब गर्ने मद्ये एक जनाले टिभिएस एनटिओआरक्यु स्कुटर जित्न सकिने ठकुरीले बताए ।मलले एक हजार रुपैयाँ वा सो भन्दा माथीको खरिदमा उपभोक्तालाई कुपन दिनेछन्। लक्की ड्रको बिजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ। उपभोक्ताले सिभिलम लकै सुचना पाटी तथा फेसबुक पेजबाट हेर्न सकिनेछ। सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो। ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ। मल प्रवेशअगावै सेनिटाइजर लगाएर र तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न गराइ रहेको मलले जनाएको छ।  त्यस्तै हरेक दिन मल खुल्नु अघि र मल बन्द भए पछि डिसइन्फेक्ट समेत गर्दै आएको छ।

साहले जिते टीभएस ६ प्राइजको सरप्राइज १० लाख

काठमाडौं (रास) । टीभीएसले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै सुरु गरेको टीभीएस६ प्राइजको सरप्राइज योजनाअन्तर्गत सप्तरीका राजकुमार साहले १० लाख रुपैयाँ हात पारेका छन् । उनले टीभीएस अपाचे आरटीआर१६०फोरभी किन्नुअघि  ७ हजार रुपैयाँ पहिला नै प्राप्त गरिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख रुपैयाँको विजेता बनेका हुन् । ६ पटकसम्म उपहार जित्न सकिने उपहार योजनाअन्तर्गत ग्राहकले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुने उपहार प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । योजनामा एक पटक, दुई पटक मात्र नभई ६ पटकसम्म प्राइजको सरप्राइज जित्न सकिनेछ ।

चाडपर्व लाई लक्षित गर्दै टिभिएसको ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना

काठमाडौँ- टुह्वीलर ब्रान्ड टीभीएस नेपालले आउँदै गरेका दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी टीभीएस६ प्राइजको सरप्राइज योजना सार्वजनिक गरेको छ । ६ पटकसम्म उपहार जित्न सकिने योजनाअन्तर्गत ग्राहकले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुन्जेल विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले खरिदबिनै टीभएसनेपाल डटकमस्ल्यास दशैंमा गएर १ लाख रुपैयाँसम्म जित्न […]