इजेड रेमिट र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता

इसेवा मनि ट्रान्सफर र  बिएफसी बैंक अन्तरगत रहेको इजेड रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो  सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा विश्वका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिने भएको छ ।  सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सि.ई.ओ, अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सि.ई.ओ, मुजाहिद मलिकले हस्ताक्षर गरे ।