करोडौंको लगानीमा पाँच वर्षअघि नै निर्माण सम्पन्न भएको गुल्मीको सिमीचौर विमानस्थल अझै संचालनमा आएको छैन । स्थानीय विमानस्थल हेरेरै चित्त बुझाउन बाध्य छन् । ३३ करोड रुपियाँभन्दा बढी लगानीमा सम्पूर्ण पूर्वाधार तयार भएर रङरोगन गरिसकिएको यो विमानस्थलमा आजभोलि हवाईजहाज हैन मानिसहरु घुम्न आउने गरेका छन् । विमानस्थल संचालनमा नहुँदा निर्माण भएका पूर्वाधार बिग्रिने अवस्थामा पुगेका …