दाङ : तुलसीपुर उपमहानगरपालिका १२ कचिलामा एक कृषक पालेका २२ हजार माछाको भुरा मरेका छन्।१४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष हालेर २२ हजार माछाको भुरा मारिएको कृषक मदन गिरीले बताए। बिहानै उठेर पोखरीमा हेर्न जाँदा सबै माछा मरेर तैरिएको अवस्थामा पाइएको उनले बताए।पोखरीमा २ महिनाअघि मात्रै प्रतिगोटा ५ रुपैयाँका दरले एक लाख बढी मूल्यको माछाको भुरा हालिएको उनले बताए। ६ वर्षदेखि माछा पाल्दै आएका गिरीले यसअघि कहिल्यै यस्तो घटना नभएको पनि बताए।उनले भने, ‘अक्सिजनको कमी भनौँ, भने